१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी–घाँसा खण्ड कालोपत्र भएको छ।

आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ। अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको छ,' उनले भने।

विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ। 

प्रकाशित: ८ चैत्र २०८१ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App