१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ।  

सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।    

यसैगरी, चाँदीको मोल प्रतितोला रु १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ। बुधबार सोही परिमाणको चाँदी रु दुई हजार ४५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ७ चैत्र २०८१ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App