अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
सोमबार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नागरिकको हितका लागि कोषहरुको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने बताए। उनले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरामा कोषले ध्यान दिनुपर्ने बताए। उनले सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको बताए।
उनले भने, ‘नागरिकको हितका लागि यसको लगानीलाई उत्पादनशिल क्षेत्रमा कसरी अघि बढाउने, नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरा पनि राख्नुभएको छ । कोषको कार्यदिशा त्यही दिशामा हुनुपर्छ । सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्ग निर्देशक र प्रेरणादायी दिनको रुपमा आजको दिन हुनेछ ।’
प्रकाशित: ४ चैत्र २०८१ ११:५० सोमबार