स्थानीय बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।
महासंघका अनुसार सुन एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी हिजोको भन्दा पाँच रुपैयाँले घटेर दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित: ४ चैत्र २०८१ ११:०३ सोमबार