२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कालिकोट ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयको अवरोध

अछामको कमलबजारदेखि कालिकोटको लागि तानिएको  ३३ केभी प्रसारण लाइन विस्तारमा पञ्चदेवल विनायक नगरपालिका—३,स्थित बेल्खेतका स्थानीयले अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइन विस्तारको योजना अघि सारी कालिकोट वितरण केन्द्रले सुदूरपश्चिम प्रदेशको अछाम स्थित कमल बजारबाट ३३ केभी क्षमताको प्रसारण लाइन विस्तार गरी दैलेखको साइखोलामा जडान गर्ने गरी तार तान्दा पञ्चदेवल विनायक नगरपालिका —३ बेल्खेतका स्थानीयले आफ्नो गाउँमा पनि विद्युत् जडान गर्न माग गर्दै  तार तान्न अवरोध गरेका हुन्।

कमलबजार–कालिकोट ३३ केभी प्रसारण लाइन विस्तारका लागि  काम सकिनै लाग्दा स्थानीयले अवरोध गरे पछि काम रोकिएको नेपाल विद्युत् प्राधिकरण कालिकोट  वितरण केन्द्रका प्रमुख हरेन्द्र राय यादव बताए ।

उनले भने ‘स्थानीयको माग पनि जायज छ, तर उनीहरूको माग हाम्रो कार्यालयले गर्न नसक्ने भएकाले तत्काल काम गर्न समस्या भयो ।’ अछाम वितरण केन्द्रले काम गरिरहेको जनाएको छ। अहिले पोल र तार तान्न तिन महिना लाग्ने भनेपछि स्थानीयले तार विस्तार गर्न नदिएको उनको भनाइ छ।

पञ्चदेवल विनायक नगरपालिकाको कमलबजारमा ३३ केभी लाइन यसअघि विस्तार भइसकेको छ। कमलबजारबाट साइखोलासम्म लाइन विस्तारका लागि ९ किमी पोल र तार विस्तार गर्न थालिएको छ। कमलबजारमा सब–स्टेसन तीन वर्ष अघि नै निर्माण भइसकेको थियो ।

स्थानीयका अनुसार आफूहरूले विद्युत्को आपूर्ति गर्नुपर्ने माग रहेको र  ३ महिना भित्र सम्बोधन गर्ने कुरा अझै ढिला भएकाले  तार तान्न नदिएको  बताएका छन्।

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले पश्चिम सुर्खेतमा ठूलो जनसंख्या विद्युत् सेवाबाट वञ्चित रहेको,सुर्खेत लगायत कर्णालीका जिल्लामा ‘लो भोल्टेज’ का कारण पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या  समाधानको लागि आफू एक्लै लागिपरेको नेपाल विद्युत् प्राधिकरण कालिकोट  वितरण केन्द्रका प्रमुख हरेन्द्र राय यादव बताए।

कर्णालीमा तीन दशक अघि निर्माण गरिएका जीर्ण र कम क्षमताका संरचनाका कारण विद्युत् सेवा अनियमित छ। नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख  हिक्मत विसिले आफुले  तीन महिनामा लाइन विस्तार  गर्ने सम्झौता गर्दा समेत बेल्खेतका स्थानीयले नमानेको बताए।

अछाम भरी पूर्ण विद्युतिकरणको काम भएकाले काम सम्पन्न गर्न तीन महिना लाग्ने गरी बेल्खेतका स्थानीयसँग सम्झौता गर्दा समेत उनीहरुले नमानेको कारणले उक्त ठाउँमा छोटो तार तानेर बत्ती बाल्ने योजना अघि सरेको बताइएको छ। स्थानीयले कर्णाली वार पार तार तान्न नदिएको बताएको छ।

प्रकाशित: २६ पुस २०८१ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App