सरकारले चीनसँग गरेको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै अहिंसावादी सङ्घसंस्था आन्दोलित भएका छन्। सम्झौता खारेजीको माग गर्दै शनिवार माइतीघरमा प्रदर्शन समेत भएको छ।
विशेष गरी अहिंसावादी सङ्घ, संस्था, शाकाहारी संघलगायतले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरू आफू पनि बाचौँ, अरूलाई पनि बाँच्न दिऔँ भन्ने नाराका विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणका बेला समयमा नेपाल र चीनबिच भैँसीको मासु निर्यात गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो।
उसो त नेपालले चीनमा लामो समयदेखि नै भैँसीको मासु निर्यात गर्दै आएको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन्। सरकार स्तरमै सम्झौता भएपछि यसको दायरा अझैँ फराकिलो हुने पशुजन्य उत्पादन व्यापारकर्ताहरूले बताएका छन्।
प्रकाशित: २० पुस २०८१ १५:२५ शनिबार