२१ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

वीरगञ्जबाट धानचामल आयात बढ्यो

चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ।  

गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ। साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ। गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो।

चालु आवको पाँच महिनामा रु ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ। रासस

प्रकाशित: १९ पुस २०८१ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App