संघीय संसदका दुवै सदनको अधिवेशन चालु नभएको अवस्थामा मिनि संसदका रुपमा रहेका समितिका बैठकसमेत प्रभावित भइरहेका छन्। सांसदहरु जिल्ला केन्द्रित भएपछि संसदीय समितिका बैठकहरु कोरम नपुगेर स्थगित हुँदै आएका छन्।
सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक पनि आवश्यक गणपूरक संख्या नपुगेर स्थगित भयो । बैठक सञ्चालनका लागि १२ जना सांसद आवश्यक पर्नेमा ११ मात्र उपस्थित भएका थिए । बैठकमा सत्ता पक्षीय सांसदहरूकै उपस्थिति न्यून पाइएको थियो।
बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका थियो। बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइएको थियो। अर्को बैठक कहिले बस्ने भन्ने यकिन छैन ।
प्रकाशित: १ पुस २०८१ १२:३४ सोमबार