त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान समय विस्तार गर्दै आगामी माघको पहिलो हप्ताबाट १६ घण्टा सञ्चालन हुने भएको छ।
यात्रुको सुविधालाई ध्यानमा राख्दै हालसम्म दैनिक १० घण्टा बन्द गरिँदै आएको विमानस्थल अब ८ घण्टामात्र बन्द हुने व्यवस्था मिलाइएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार निर्माण कार्यको गति तिव्र भएकाले उडान समय बढाउन सम्भव भएको हो।
हाल विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएकोमा आगामी माघको पहिलो हप्तादेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ।
प्रकाशित: २७ मंसिर २०८१ १४:५४ बिहीबार