कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
शुक्रबार काठमाडौंमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन(एफएओ) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पुर्याएको बताएका हुन। उनले पशुपालन क्षेत्रले लाखौँ नेपालीको जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेलेको भए पनि चुनौतीबाट टाढा रहन नसकेको बताए।
मन्त्री अधिकारीले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरे। बर्ड फ्लु, रेबिज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरू विश्वव्यापी स्वास्थ्य चुनौतीहरूले जटिलता थप्दै गएको उनको भनाइ छ। उनले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवद्र्धन गर्न सहयोग गरेको बताए।
प्रकाशित: १४ मंसिर २०८१ १४:३१ शुक्रबार





