१० कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

गैँडाकोटमा प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव हुने

दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव-२०८१ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा हुने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा यही कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म महोत्सव आयोजना हुन लागेको हो।

गण्डकी प्रदेशको आर्थिक उत्थानको लागि महोत्सवको आयोजना गरिएको शनिबार गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ।

यस मेला र महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन एवम् नयाँ सम्भावनाको खोजी गर्ने विश्वास लिएको मेलाका संयोजक अमृत भट्टचनले बताए।

मेला मार्फत नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा सम्भावनाको खोजी गर्दै त्रिवेणी धामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडोरको प्रचार गर्ने रहेको उनले सुनाए।

गण्डकीको कान्छो जिल्ला नवलपुरले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राख्न सक्ने भएका कारण व्यवसाय प्रवर्द्धनका लागि नवलपुर छनोट गरिएको उनको भनाइ थियो।

गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्य राखेको छ।

मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र बाल उद्यान पनि समावेश गरिएको छ। महोत्सवको उद्घाटन कात्तिक २३ गते हुनेछ।

महोत्सवमा औद्योगिक तथा व्यापार मेला हस्तकला मेला, कृषि मेला, पुष्प मेला, अटोमेला, सूचना तथा प्रविधिहरूको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधिहरूको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानहरूको बिक्री वितरण हुनेछन्।

महोत्सवमा ३ सय वटा स्टल रहनेछन्। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूसहित दैनिक सांस्कृतिक कार्यक्रम हुने उनको भनाइ छ। एक करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई सय तथा विद्यार्थीलाई पचास रुपैयाँ टिकटको व्यवस्था गरिएको छ। 

प्रकाशित: १० कार्तिक २०८१ १८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App