९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग

समुदायको विकासमा झण्डै २ करोड योगदान गर्दै

स्थानीयस्तरमा सामाजिक पहललाई प्रभावकारीरूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्न आवेदन खुला गरेको छ । एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन आमन्त्रण छ ।  

गतवर्ष सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरु प्रदेशस्तरमा सञ्चालनमा रहेका छन् । यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्ने एनसेलले दाबी गरेको छ । यस पहल अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागु गरिनेछन्  ।  

‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत सातप्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख रुपैयाँ अनुदान प्रदान गरिनेछ । यस पहलका लागि कुल योगदान १ करोड ९० लाख रुपैयाँ हुने कम्पनीको भनाइ छ । एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो ।  

यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्व राख्दछ । एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिनेछ ।  

“एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजना मार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं । हामी सामुदाय स्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, “नाइन्टिन फर नाइन्टिन पहल मार्फत, हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथदिने हाम्रा समुदायहरूलाईलाभ हुने खालको सामाजिक परियोजनाहरु कार्यन्वयन गर्न प्रतिबद्घ छौ । यो पहलले स्थानिय स्तरमा महत्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौं ।”

अनुदान अर्थात परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइट https://www.ncell.com.np/en/foundation मा गई ‘एप्लाई फर ग्रान्ट’मा क्लिक गरेर आवेदन दिन सक्छन् । अनुदान र यसको योग्यता र मापदण्डबारे थप जानकारीका लागि https://www.ncell.com.np/en/foundation/about-grant मा जानुहोस् वा  nellfoundation@ncell.com.np मा ईमेल गर्न सकिने कम्पनीले जनाएको छ। 

प्रकाशित: ८ कार्तिक २०८१ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App