६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
अर्थ

टाटाको 'टियागो 'इभी धनतेरस एक्सचेन्ज धमाका'

हरेक बुकिङ्गमा सुनको असर्फी र आइ फोन १६ प्रो

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ। 

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९ र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनिले जनाएको छ। 

यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन्।  यी अफरहरु धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।  

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

प्रकाशित: ६ कार्तिक २०८१ १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App