१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जेबिएनएल ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

ग्लोबल आइएमई बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्तिरपारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।  

साथै कम्पनीकोे नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।  

सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि बिश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनीका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित: ११ आश्विन २०८१ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App