२ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

सामसङले काठमाडौंमा आयोजना गर्यो माइक्रो वेभ मास्टर क्लास

सामसङले काठमाडौंको सिल्भर ओक ब्यान्क्व्येटमा माइक्रोवेभ मास्टर क्लासको आयोजना गरेको छ । जहाँ सहभागीहरूले देशको एक उत्कृष्ट प्रोफेस्नल शेफको निर्देशनमा स्वादिष्ट माइक्रो वेभ गरेका रेसिपी बनानउने बारे जानकारी लिएका छन् ।    

मास्टर क्लासको मुख्य लक्ष्य सबैले तयार गर्न र खान रुचाउने केही स्वादिष्ट परिकारहरू बनाउन सिकाउनको साथ साथै सामसङको पछिल्लो माइक्रोवेभ ओभनलाई प्रवर्द्धन गरी तिनीहरूको उपयोगिता प्रदर्शन गरेर खाना पकाउने सुविधाजनक विकल्पको रूपमा दर्शकहरूलाई परिचय गराउनु रहेको कम्पनीको भनाइ छ ।  

यो मास्टर ट्रेनर, निमेश उलकद्वारा प्रदर्शन गरिएको कम्पनीले जनाएको छ । जसले सहभागीहरूलाई केही स्वादिष्ट रेसिपीहरू तयार गर्न सिकाइ यी माइक्रोवेभहरू प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत गर्नुको साथै माइक्रोवेभ ओभन प्रयोग गर्दा लागू गर्न सक्ने विशेष सुझावहरू पनि दिएका थिए । 

कार्यक्रममा सामसङको एआई इकोबबल वासिङ मेसिन प्रविधिको प्रदर्शनी पनि गरिएको थियो । 

प्रकाशित: २७ भाद्र २०८१ १९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App