१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाली बजारमा बीओएटीको व्यापार ४ गुणाले बढ्यो

थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरु ल्याउँदै

भारतको नम्बर वान अडियो र वेयरेवल ब्राण्ड बीओएटी (boAt) ले २०७९ फागुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ । साथै अहिले नेपाली बजारमा बीओएटीको व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको कम्पनीले दाबी गरेको छ ।  

नेपाली बजारका लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बीओएटीले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ ।  

नेपालमा सार्वजनिक भएसँगै बीओएटी अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो । पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दोस्रो स्थान ओगट्न सफल रहेको छ । नेपालको प्रमुख ईःकमर्श दराजमा सार्वजनिक हुँदा पनि बीओएटीले कीतिर्मानी विक्री गर्दै त्यो सफलतालाई निरन्तर रुपमा अघि बढाउँदै गएको छ ।  

बीओएटीले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ मोडेलहरू, निर्भाना आईओएन, एयरडोप सुप्रिम र एयरडोप ९१ का साथ वेभ कल २ स्मार्टवाच र पावर बैंकहरु पनि उपलब्ध गराउँदै छ ।  

बीओएटीका उत्पादनहरू अब नेपालभरी १ हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ र ब्राण्डको स्थापनादेखि नै दराजमा एक प्रमुख बिक्रीकर्ताको रूपमा प्रस्तुत भइरहेको छ ।  

नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवद्र्धन गर्न, बीओएटीले यही भाद्र २० देखि भाद्र २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा ब्राण्ड वीक सेलआयोजना गरिरहेको छ। यस अवधिमा, ग्राहकहरूले चयन गरेका उत्पादनहरूमा ७० प्रतिशतसम्मको छुटका साथै बीओएटीका प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन् । 

प्रकाशित: २४ भाद्र २०८१ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App