१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सेयर बजारमा पहिरो: २,७०१ अंकमा झर्‍यो

सेयर बजार २,७०१ अंकमा झरेको छ। कारोबार हुने साताको पहिलो दिन आइतबार २५.४६ अंकले घट्दै नेप्से परिसूचक २,७०१.९० अंकमा कायम भएको हो।

आइतबार ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो। तीन कम्पनीले भने नाफाघाटा केही बेहोरेनन्। आइतबार कारोबार रकममा सामान्य वृद्धि हुँदै १० अर्ब १२ करोडको कारोबार भएको छ।

बिहीबार ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो। तीजपछि आइतबार खुलेको कारोबारमा माइक्रोफाइनान्स समूहमा १.२१ र उत्पादन समूहमा ०.५० प्रतिशतले वृद्धि हुँदा बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशतले घटेका छन्।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। माहुली लघुवित्त, सृजनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत वृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८१ १५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App