२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अर्थ

सेयर बजार ओरालो लाग्ने क्रम जारी : ३६.८३ अंकले घट्यो नेप्से,कारोबार १२ अर्बमा सीमित

साताको अन्तिम कारोबार बिहिबारका दिन नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा बन्द भएको छ।

यो अघिल्लो दिनको तुलनामा १ दशमलव ३२ प्रतिशतले घटी हो । बुधबार नेप्से २७८६.४० अंक रहेको  थियो ।

बिहिबार तीन सय २२ कम्पनीको कारोबार भएको छ।

बिहिबार तीन सय २२  कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता शेयर १ लाख ४६ हजार  २०४ पटक खरिद बिक्री हुँदा १२ अर्ब २४  करोड ३६ लाख  १ हजार ३ सय ६५  बराबरको कारोबार भएको छ।

बिहिबार १८८ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा ५३ वटा कम्पनीको मात्र मूल्य बढेकोमा २  कम्पनीको मूल्य स्थिर रहेको छ । 

बिहिबार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिहीबारको कारोबारकुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०३१.७० रुपैयाँ पुगेको छ भने  रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूलय ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४४१.४० रुपैयाँ पुगेको छ ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । गुडवील फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये बिहिबार म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित: १३ भाद्र २०८१ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App