१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भक्तपुरमा आउने पर्यटक बढे ,सबैभन्दा बढी भारतीय

भक्तपुर घुम्न आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा भक्तपुर आउने पर्यटकको सङ्ख्यामा झन्डै ७८ हजारले वृद्धि भएको हो।

भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २ लाख ४५ हजार ५९३ जना पर्यटकले भक्तपुर भ्रमण गरेका छन्। आर्थिक वर्ष २०७९।८० मा भने यो संख्या १ लाख ६७ हजार ६५२ रहेको तथ्याङ्क छ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष ४६.४९ प्रतिशतले पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा १ लाख १६ हजार ४०१ जना  ९गैर सार्क० र १ लाख २९ हजार १९२ जना (सार्क राष्ट्र र चीनका)पर्यटक छन्।

पर्यटन शुल्कबाट भक्तपुर नगरपालिकाले २७ करोड ४५ लाखभन्दा बढी रुपैयाँ संकलन गर्‍यो । जसमा गैर सार्क पर्यटकबाट २० करोड ९९ लाख ७५ हजार ९५० भन्दा बढी तथा सार्क राष्ट्र र चीनका पर्यटकबाट ६ करोड ४५ लाख ९६ हजार रुपैयाँ पर्यटन शुल्क उठेको छ ।

गत आ.व.२०७९/८० मा भने १८ करोड ४० लाखभन्दा बढी पर्यटन शुल्क संकलन भएको थियो।

गत आर्थिक वर्ष भारतबाट मात्रै ८७ हजार ७९८ र चीनबाट ४० हजार ४०१ पर्यटकले भक्तपुरको भ्रमण गरेका छन् ।

प्रकाशित: १४ श्रावण २०८१ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App