१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पर्यटकीय याम सुरु हुँदै: पर्यटकीय राजधानीमा यस्तो छ तयारी

पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ।

पर्यटक पर्खिरहेको लमजुङको घलेगाउँ

जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्द्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका- ३ मा पर्दछ।

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन्।

मनसुनमा पर्यटक आगमन घट्यो

गत जेठमा ३४ हजार दुई सय ३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन्।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

नेपाली नाका हुँदै भारत जान थाले तेस्रो मुलुकका पर्यटक

कोरोना कहरका बेला तेस्रो मुलुकका पर्यटकहरूलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ।

एक वर्षमा अन्नपूर्ण पदमार्गमा पाँच जना पर्यटकले गुमाए ज्यान

जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ।

सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन्।

गण्डकी आउने पर्यटकको प्रमुख गन्तव्य मनाङ

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये पुरुषको बसाइ अवधि २० दिन हुँदा महिलाको २५ दिन पाइएको छ भने गण्डकीमा पुरुषको बसाइ अवधि ११ दिन हुँदा महिलाको १३ दिन हुने गरेको पाइएको छ।

भक्तपुरमा आउने पर्यटक बढे ,सबैभन्दा बढी भारतीय

भक्तपुर घुम्न आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा भक्तपुर आउने पर्यटकको सङ्ख्यामा झन्डै ७८ हजारले वृद्धि भएको हो।

पहिले भेडाबाख्रा चराउँने, अहिले पर्यटक घुमाउने

कुनै समय दिनभर जुम्लाका ठुला-ठुला पाटनमा भेडाबाख्रा चराउँने सीप बुढा। केही समय यता भने पर्यटकहरु घुमाउनमा व्यस्त छन्।

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आव २०८०/२०८१ मा भित्रिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्ष तीन लाख ६ हजार आठ सय ३७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन्।

गण्डकीमा पर्यटकको औसत बसाई १२ दिन, दैनिक खर्च ८ हजार

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाई अवधि कुल २२ दिन भएपनि गण्डकीमा भने १२ दिन हुने गरेको पाइएको हो।

गलेश्वर मन्दिरमा धार्मिक पुस्तकालय

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्