१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द गरिएको छ। नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले शुक्रबार एक सूचना जारी गरी अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द भएको जनाएको हो।

सूचनामा नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि २०८० फागुन १६ गते  सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरिएको ब्यहोरा पनि उल्लेख गरेको छ। अब धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि नयाँ प्रक्रिया सुरु हुनेछ।

प्रकाशित: १४ असार २०८१ १७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App