२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

आफ्नै च्वाइसको मोबाइन नम्बर लिएर रहनुहोस् ‘सधैं अन’ : एनसेल

नौ लाख बढी नम्बरहरुबाट मोबाइल नम्बर छान्न पाइने

तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला?  एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिदैन बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ। ग्राहकहरुको यही ईच्छालाई परिपुर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना संचालनमा ल्याएको छ।

अब, तपाईंले आफुलाई मन पर्ने अन्तिमको ६वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्नुहुन्छ। चाहेत्यो तपाईंको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलोपटक भेटेको दिनहोस्, तपाईंको सवारी साधनको नम्बर होस वा अन्य कुनै महत्त्पूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैं अन रहन सक्नुहुन्छ।

आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउँदै तपाईंले आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सक्नुहुन्छ। यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ।विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन्। ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर  ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भएन भएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्छन्।

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्नेगरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो।

'मोबाइल नम्बर हाम्रो पहिचान बनिसकेको छ,' एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, 'आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना संचालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं।ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्ने गरि परिवारजन र साथीभाइलाई पनि यस्तो नम्बर रोजि दिन सक्छन्।यो एक सेवामात्र नभई सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो।'

यस योजना अन्तर्गत, ७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन्। एनसेलले फस्टकम, फस्ट सर्भबेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछ।यो सिम एनसेलले हाल संचालन गरिरहेको ‘सधैं अन’ प्लानअन्तर्गत ५९९ रुपैयाँदेखि रु १ हजार ४९९रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ।

सधैं अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । *१२३# डायल गरेर ‘सधैं अन’ प्लानहरू सुरु गर्न सकिन्छ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनैपनि सेन्टरमा गई लिन सक्ने छन्। काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ। 

बुकिङ् गराएको नम्बर ७ दिनभित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सुचिबाट स्वत हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन्। एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना अन्तर्गत ग्राहकहरूले नम्बरमात्र रोज्दैनन्,  उनीहरुले आफ्नो विशेष सम्झनाको एक सिम अर्थात् नम्बर सधैं आफ्नो साथ बोक्ने छन्।

प्रकाशित: ४ असार २०८१ १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App