प्रभु बैंकले बझाङको चैनपुरमा ३०४ औं शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको चैनपुर शाखामार्फत स्थानीय वासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।
प्रकाशित: २ असार २०८१ ०७:५५ आइतबार