१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रभु बैंक र होटलबीच सम्झौता

प्रभु बैंकले बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनसँग व्यावसायिक सम्झौता गरेको छ। छुट्टाछुट्टै समारोहबीच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा र होटलमा उपलब्ध सम्पूर्ण सेवासुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०८१ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App