१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल चेम्बर र अर्मेनिया चेम्बरबीच सहकार्य सम्झौता

नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच आर्थिक र सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्नेबारे सम्झौता भएको छ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जलान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरे।

दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्बन्ध विस्तार लयायतका विभन्नि आठ विषयमा सहकार्यको सम्झौता भएको हो।

संयुक्त लगानीमा उत्पादित वस्तुहरूको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गर्ने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपालको कृषि तथा पर्यटन क्षेत्रमा लगानीका लागिसमेत सहमति भएको कार्यकारी सदस्य जलानले बताए।

यस्तै नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्काका देशमा गर्ने व्यावसायिक भ्रमणका लागि पनि सहजीकरण गर्ने सहमति भएको छ।

वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्नेबारेमा दुवै देशका चेम्बरबीच सहमति भएको छ।

नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यान्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ। नेपाल र अर्मेनियाबीच सन् १९९३ मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रकाशित: ४ जेष्ठ २०८१ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App