१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

चिरायु हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल र प्रभु बैंक लिमिटेडबीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई अस्पतालको विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो।

एक समारोहबीच चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटका डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुखबजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै बैंकका ग्राहकले छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटमा पेस गर्नुपर्ने छ।

उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडि टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: ३१ वैशाख २०८१ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App