२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खाद्यवस्तु महँगियो, व्यापार घट्यो

फाइल तस्वीर

बजारमा पछिल्लो समय दैनिक उपभोग्य खाद्य वस्तुको मूल्य बढ्न थालेको छ। व्यापारीहरूका अनुसार दाल, चामल, चिनी, नुन, तेल, दलहन लगायतका खाद्यान्नको मूल्य बढ्न थालेको हो।

नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो डेढ महिनामा खाद्यान्नको मूल्य पाँचदेखि १० प्रतिशतसम्म बढेको छ। त्यस्तै घ्यु र तेलजन्य वस्तुको मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

एक महिनाअघि प्रतिलिटर २०० मा बिक्री हुने खानेतेलको मूल्य अहिले २१० देखि २२० रूपैयाँसम्म पुगेको संघका अध्यक्ष पवित्र बज्राचार्य बताउँछन्। थोक व्यापारीले नै मूल्य बढाएर पठाउने गर्दा खुद्रा व्यापार हुँदै उपभोक्तासम्म आइपुग्दा केही मूल्य बढेको उनी बताउँछन्।

‘पछिल्लो पटक बजारमा अत्यावश्यक खाद्यान्नमा ५/७ प्रतिशत मूल्य वृद्धि भएको छ। त्योबाहेक अन्य वस्तुमा १० प्रतिशतभन्दा बढीले मूल्य बढेको छ’, उनले बताए। कतिपय वस्तु तथा सामान बजारमा सकिएको अवस्थामा पुनः थोक व्यापारीबाट सामान आउने बित्तिकै मूल्य बढ्ने गरेको उनको भनाइ छ।

मुलुकमा उत्पन्न आर्थिक मन्दीबीच खाद्य पदार्थको मूल्य बढे पनि त्यसको माग र खपत भने घटेको व्यापारी बताउँछन्। अहिलेको खुद्रा व्यापार ३० प्रतिशतले घटेको उनले बताए।

‘विभिन्न वस्तुको भाउ यसरी बढेको छ कि त्यसअनुसार वस्तुको बिक्री पनि बढ्नुपर्थ्याे। बढ्न सकेको छैन’, बज्राचार्यले भने, ‘यस अघिभन्दा अहिले व्यापार ३० प्रतिशतले घटेको छ।’

प्रकाशित: ४ वैशाख २०८१ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App