१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई र आइएमई ट्राभल्सबीच सहकार्य

ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ।

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, बाली र दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजना ल्याएको हो। बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० रूपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रूपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो।  

प्रकाशित: ४ वैशाख २०८१ ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App