११ वैशाख २०८२ बिहीबार
image/svg+xml ११:२ पूर्वाह्न
अर्थ

जनउत्थान सामुदायिक लघुवित्तको वार्षिकोत्सव

जनउत्थान सामुदायिक लघुवित्तले १४ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जीवनप्रकाश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक अपाङ्गता भएका छात्र, छात्रा, जेहन्दार तथा गरिब बालबालिकाको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामग्री वितरण गरेको छ।

यस्तै सामुदायिक विद्यालयमा पंखा, वाटर फिल्टर लगायत भौतिक सामग्री वितरण, दृष्टिविहीन, स्वास्थ्य संस्थाहरूमा भौतिक सामग्री वितरण, अपांग, जेष्ठ नागरिकलाई सम्मान, अनाथ आश्रम तथा वृद्धाश्रममा जिन्सी तथा खाद्यान्न सामग्री वितरण, रक्तदान लगायतका कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

प्रकाशित: २९ चैत्र २०८० ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App