१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यापार चलायमान बनाउन लहान एक्स्पो

महोत्सव तयारीबारे जानकारी गराउँदै उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारडा। तस्बिर : नागरिक

सिरहाको लहानमा मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव लहान एक्स्पो २०८० को तयारी पूरा भएको छ। जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा पशुपति आदर्श माध्यमिक विद्यालय लहानको प्रांगणमा मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव लहान एक्स्पो २०८० सञ्चालनका लागि तयारी पूरा भएको छ।

महोत्सव अगामी चैत ३० देखि वैशाख १० सम्म चल्ने संघका अध्यक्ष विकाश शारडाले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए। महोत्सव एक करोड २० लाखको लगानीमा सञ्चालन हुने छ, जसबाट खर्च काटेर करिब २५ लाख रुपैयाँसम्म आम्दानीको लक्ष्य लिइएको संघका अध्यक्ष शारडाले बताए।

महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका उत्पादनसहित स्थानीय उत्पादनको प्रत्यक्ष अवलोकन तथा जानकारी गराइने विशेषता रहेको छ। महोत्सवमा लगभग एक सय २६ वटा स्टल रहने बताइएको छ। महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम, नृत्य, संगीतलगायतका कला प्रस्तुत गरिने छ।

लहान नगरपालिकाको संरक्षत्व रहने महोत्सवको उद्घाटन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले गर्ने तय भएको आयोजकले जनाएको छ। महोत्सव प्रवेशका लागि सर्वसाधारणका लागि सय रुपैयाँ शुल्क राखिएको छ।

बिहान ९ बजेदेखि दिउँसो २ः३० बजेसम्म सम्पूर्णका लागि महोत्वस निःशुल्क  अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कालाकारको सहभागित रहने सो महोत्सव करिब लाख दर्शकले अवलोकन गर्ने बताइएको छ। वैशाख ६ गते भोजपुरी कलाकार अक्षरा सिंहको कार्यक्रमका लागि टिकट दर तीन सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।

‘समृद्धिको आधार कृषि, पर्यटन, उद्योग र व्यपार’ नारा रहेको लहान एक्स्पोले यस भेगमा विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्य बोकेको शारडाले बताए।

एक्स्पोमा स्थानीय,  प्रदेशका स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जालगायत अन्य सम्भावित क्षेत्रको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य रहेको संघका अध्यक्ष शारडाले बताए।

व्यापारिक नगरी लहानमा मेला, महोत्सव, प्रदर्शनी आयोजनाले आर्थिक क्षेत्रका गतिविधिको संवर्द्धन एवं विकासका सहयोग पुग्ने उनको भनाइ छ।  

यसपटकको महोत्सवमा करिब १२६ स्टल रहने छन्। ती सबै बुक भइसकेको बताइएको छ । महोत्सवलाई आकर्षक बनाउन देश झल्किने आकृतिको २५ फिट अग्लो मुख्य प्रवेश द्वार र ५५ फिट अग्लो आइफिल टावरको आकृति निर्माण गरिएको छ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायतका देशबाट प्रदर्शकको उपस्थिति रहने छ। मेलामा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामग्री, सेल्फी जोन, किड्स जोन रहेको आयोजकले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०८० ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App