२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकद्वारा कर्जा ग्राहकलाई छुट

एनआइसी एसिया बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजनाबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ।

बैंकले गत पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाहरूको हकमा सम्बन्धित ऋणीले चैत मसान्तसम्मको सम्पूर्ण ब्याज तथा किस्ता रकम चैत मसान्तभित्र पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा चैत मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा छुट दिने योजना ल्याएको हो।

यसै क्रममा बैंकका अनुसार कमसलमा १० प्रतिशत, शंकास्पदमा १५ प्रतिशत, खराबमा २० प्रतिशत छुट दिने योजना बैंकले ल्याएको छ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजीकर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहक योजनामा सहभागी भई लाभ लिन बैंकले आह्वान गरेको छ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मदत पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App