१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि, १८७२ अर्ब ८२ करोड पुग्यो

चालू आर्थिक वर्ष २०८०/०८१ को  आठ महिना विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति प्रतिवेदनअनुसार विदेशी विनियम सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा १८७२ अर्ब ८२ करोड पुगेको हो। जुन, यसअघि असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो। 

त्यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१६४४ अर्ब ६ करोड पुगेको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्धि भई रु.२२८ अर्ब ७६ करोड कायम भएको छ। २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति

१४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् ।

प्रकाशित: २२ चैत्र २०८० १८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App