१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गल्फ लुब्रिकेन्ट्सको टेक्निकल प्रशिक्षण

नेपाल ल्युब आयलले अमलेखगन्जस्थित फ्याक्ट्रीमा मेकानिक्सहरूलाई टेक्निकल प्रशिक्षण दिनुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ।

प्रशिक्षण तथा भिजिट कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरूले सहभागिता जनाएका छन्।

कार्यक्रममा सिप विकास गर्न आवश्यक सान्दर्भिक टेक्निकल तालिम प्रदान गर्नुको साथै गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराएको कम्पनीले जनाएको छ। साथै फ्याक्ट्रीको उत्पादन प्रक्रिया र त्यहाँ प्रयोग हुने उच्चस्तरीय प्रविधिका बारेमा पनि विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०८० ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App