१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एकै वर्षमा विद्युत् प्राधिकरणले बेच्यो १५ अर्बको बिजुली

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो एक वर्षको अवधिमा १५ अर्ब बराबरको बिजुली निर्यात गरेको छ।

अघिल्लो २०७९ को पुस ३१ देखि २०८० को मङ्सिर १ सम्म १५ अर्ब बराबरको बिजुली बिक्री गरेको प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रवल अधिकारीले जानकारी दिए।

उनका अनुसार, सो अवधिमा १७५ अर्ब युनिट बिजुली बिक्री गरिएको हो। खासगरी, वर्षायाम र हिउँद सिजनमा पनि बिजुली भारत निर्यात गर्न सफल भएको उनले बताए। 

आगामी दिनमा विद्युत् निर्यात अझै बढाउनुपर्ने उनी बताउँछन्। मुलुकको आर्थिक सुधार गर्दै प्राधिकरणले नाफा आर्जन गर्नका लागि पनि आगामी वर्षहरूमा बढी भन्दा बढी बिजुली बेच्नुपर्ने उनको भनाई छ।

‘पछिल्लो विवरणअनुसार, हामीले चैत १० सम्म झन्डै १५ अर्बको बिजुली बेचिसक्यौँ’ उनले भने, ‘आगामी दिनमा पनि नेपालबाट विद्युत् निर्यात बढाउनुपर्ने आवश्यकता छ।’ अहिले  पनि प्राधिकरण डेढ सय देखि २०० मेगावाट बिजुली निर्यात गरिरहेको उनले बताए। स्वदेशमा खपत हुन नसकेको र बढी हुने बिजुली प्राधिकरणले भारत निर्यात गर्ने गरेको छ।

प्रकाशित: १६ चैत्र २०८० १८:०० शुक्रबार

नेपाल विद्युत् प्राधिकरण