कलश स्टक मार्केटले नेपालको पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजयी उम्मेदवारहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ। ग्लोवल मनी विकको सन्दर्भ पारेर पुरस्कार तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको हो।
बाराकी शालुकुमारी गुप्ताले नगद १० हजार रूपैयाँसहित प्रथम पुरस्कार प्राप्त गरेकी छन्। त्यसै गरी काठमाडौंका समिप न्यौपानेले पाँच हजार रूपैयाँसहित दोस्रो र धादिङकी अर्चना लामिछानेले तीन हजार रूपैयाँ नगदसहित तृतीय पुरस्कार जितेका छन्।
प्रकाशित: १५ चैत्र २०८० ०७:३१ बिहीबार




