२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बंगलादेशका पारवहनमन्त्री नेपाल भ्रमणमा

बंगलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी नेपाल भ्रमणमा रहेका छन्। चौधरी पूर्वी नाका काँकडभिट्टा हुँदै शनिबार राजधानी आएका हुन्।

नेपाल र बंगलादेशबीच मन्त्रीस्तरीय वार्तामा सहभागी हुन बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले पुष्टि गरे।

मन्त्री चौधरी काँकडभिट्टास्थित सुक्खा बन्दरगाहको अवलोकनपछि काठमाडौं आएका हुन्। मन्त्री चौधरी नेपाल–बंगलादेशबीचको स्थल पारवहनमार्गको बंगलादेशी नाका बंगलाबन्ध हुँदै भारत आएका हुन्।

मन्त्री चौधरीको नेतृत्वमा आएको नौं सदस्यीय प्रतिनिधिमण्डललाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मीले स्वागत गरेका थिए। बङ्गलादेशको प्रतिनिधिमण्डलमा बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका अध्यक्ष महम्मद जिलुर रहमान चौधरी, बंगलादेश पारवहन मन्त्रालयका संयुक्त सचिव मुन्सी महम्मद मोनिरुज्मान लगायत रहेका छन्।

प्रकाशित: ११ चैत्र २०८० ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App