१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मिस नेपालको प्रमुख प्रायोजक डाबर वाटिका स्याम्पु

डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ।

साझेदारीले नेपाली महिलालाई सशक्तीकरण गर्ने र सौन्दर्य प्रवर्धन नगर्ने डाबर वाटिकाको उद्देश्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ।

डाबर नेपालका मार्केटिङ हेड अभयप्रसाद गोर्खालीले यस साझेदारीमार्फत, कम्पनीले नेपालभरका महिलालाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने बताए।

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा खुसी भएको उल्लेख गर्दै अनगिन्ती व्यक्ति र समुदायलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर भएको बताए।

प्रकाशित: ११ चैत्र २०८० ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App