१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भायानेट बन्यो अवार्ड विजेता

भायानेट कम्युनिकेसनले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ।

एक्स जी एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टी–गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजी परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउन सफल भएकाले कम्पनीलाई सो पुरस्कारहरूबाट सम्मानित गरिएको हो।

अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो। अवार्ड कार्यक्रमले एसियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिँदै आएको छ।

भायानेट कम्युनिकेसन लिमिटेडकी सिइओ सेवा पाठक बोहराले भायानेट सधैं ग्राहकको आवश्यकता अनुरूप नवीन टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहँदै आएको उल्लेख गर्दै पुरस्कारहरूले आफ्नो टिम र कम्पनीको अथक प्रयास र ग्राहकप्रतिको प्रतिबद्धतालाई थप ऊर्जा प्रदान गर्ने बताए।

प्रकाशित: २० फाल्गुन २०८० १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App