२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेल एपको ग्राहकमैत्री संस्करण

एनसेलले एनसेल एप सुधार गरी ग्राहकमैत्री संस्करण ल्याएको छ। यससँगै ग्राहकले अब विविध जानकारीहरूमा सजिलै पहुँच पाउने भएका छन्।

कम्पनीले ग्राहकको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्‍याउने कम्पनीको प्रतिबद्धताबमोजिम बजारमा उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरू मार्फत एप अपडेट गरिएको जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले सहजै गुगलप्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन्।

कम्पनीका अनुसार ग्राहकले एप प्रयोग गर्दा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरूको पनि अनलाइन तथा अफलाइन मजा लिन लगायतका विविध सेवा प्रयोग गर्न सक्ने जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App