१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकले श्री सत्य साई वृद्धाश्रम भैरहवालाई सहयोग प्रदान गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रूपन्देही बसन्तपुर ८ मा रहेको वृद्धाश्रमलाई बैंकले सहयोग गरेको हो।

ज्येष्ठ नागरिकहरूलाई आश्रय दिइरहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दैनिक उपभोग्य खाद्यान्न सामग्री र अन्य सामग्रीहरू उपलब्ध गराएको बताएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

प्रकाशित: १४ फाल्गुन २०८० ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App