२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कावेली– ३ जलविद्युत् सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन करिब २२ मेगावाट क्षमताको कावेली– ३ जलविद्युत् आयोजनाको फस्ट टनेलमा ‘ब्रेक थ्रु’ भएको छ।

झन्डै एक हजार दुई सय मिटर दुरीको सुरुङमार्गमा कावेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित कावेली– ३ जलविद्युत्को एक हजार १८२.१० मिटर दुरीको सुरुङमार्गमा ब्रेक थ्रु भएको कम्पनीका साइट इन्चार्ज मेघनाथ ढुंगानाले जानकारी दिए।

गत जेठ १० बाट निर्माण गर्न सुरु गरिएको सुरुङमार्गले इन्लेटदेखि अडिट– २ सम्म जोड्ने उनले बताए। २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको अनुमानित लागत चार अर्ब २८ करोड ५० लाख रुपैयाँ छ, जसमध्ये बैंकहरुको ऋण लगानी तीन अर्ब २१ करोड ३० लाख रुपैयाँ रहने छ।

योजना सञ्चालनका लागि बाँधबाट ५ हजार ५ सय मिटर सुरुङमार्गमार्फत पानीलाई विद्युत् गृहमा पु¥याइने छ। विद्युत् गृहमा २ वटा टर्वाइन जडान हुने छ। टर्वाइनमा जडान भएको ३ फेजको २ वटा जेनेरेटरमार्फत् विद्युत् उत्पादन गरिने छ। आयोजनाबाट वार्षिक १३०.२६ गिागावाट घन्टा विद्युत् उत्पादन हुने छ।

उत्पादित विद्युत् १८.३५ किलोेमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको पाँचथरस्थित अमरपुर सबस्टेसनमा जोडिने छ। आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी रहने भएको छ। सिरिजंगा गाउँपालिका भई बग्ने कावेली खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गरिने छ।

प्रकाशित: ५ फाल्गुन २०८० ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App