१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अर्थ

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा सुगारिका केसी

मुक्तिनाथ कृषि कम्पनीमा सर्वसाधारणको तर्फबाट पूर्व मिस नेपाल सुगारिका केसी सञ्चालकमा नियुक्त भएकी छन्। कम्पनीको सञ्चालक समितिको ७८ औं बैठकको निर्णयले केसीलाई सर्वसाधारणको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो।

कम्पनीले उनलाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने गरी नियुक्ति गरेको छ। केसीको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यावसायिक साझेदार,लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरूमा कृषि क्षेत्रप्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीको अपेक्षा रहेको छ।

प्रकाशित: २३ माघ २०८० १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App