१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच सम्झौता

भारत र संयुक्त राज्य अमेरिकाले मंगलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारतीय विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठकपछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गरे।

क्वाड बैठकमा यो विषयमा पनि छलफल भएको कुरामा जोड दिँदै उनले यी स्रोतहरू सुरक्षित गर्नु महत्वपूर्ण भएको उल्लेख गर्नु भएको छ।

सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य आपूर्तिलाई सहज बनाउने उदेश्यले गरिएको जनाइएको छ। उनका अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रर्वदन र सम्बन्धित लगानी समावेश हुनेछ।

यसले सरल र विविधीकृत आपूर्ति श्रृङ्खलालाई बलियो बनाउदै सम्बन्धित मुलुकहरुलाई वित्त पोषण लगायतमा सहयोग गर्ने उनले बताए।

सम्झौतालाई वासिङ्टन र नयाँ दिल्लीको बीचको साझेदारीलाई सुदृढ पार्ने प्रमाणको रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यन्वयनमा केहि चुनौतिहरू भएता पनि धेरै अवसरहरू भएको बताए।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले संयुक्त राज्य अमेरिकाका लागि भारतको महत्त्वलाई प्रकाश पार्दै सम्झौता एउटा ठोस उदाहरण भएको बताए।

पछिल्ला केही दिनमा संयुक्त राज्य अमेरिका र भारत बीचको रणनीतिक गठबन्धन र राष्ट्रिय हितकालागि सम्झौताको महत्वको बारेमा बारम्बार उजागर गरेको बताए।

उनले भारत र अमेरिकाले नवीनता अर्थतन्त्रका लागि महत्वपूर्ण खनिज र आपूर्ति श्रृंखलाहरूमा भरपर्दो दीर्घकालीन पहुँच सुनिश्चित गर्न रणनीतिक चासो सहित सम्झौता भएको बताए।

सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य तत्वहरू उच्च– इलेक्ट्रोनिक्स, ऊर्जा प्रविधि, रक्षा प्रणाली, र विद्युतीय सवारीका लागि महत्वपूर्ण अवयव भएको भन्दै यसको आपूर्ति श्रृङ्खलाहरूलाई विविधीकरण गर्ने आपूर्तिकर्ताहरू बीच निर्भरता कम गर्ने विश्वव्यापी प्रयासको बीचमा आएको जनाइएको छ। एएनआइ

प्रकाशित: १२ जेष्ठ २०८३ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App