२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत: आइएमएफ

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण गरेको छ। आइएमएफले मंगलबार सार्वजनिक गरेको वर्ल्ड इकानोमिक आउटलुकमा प्रक्षेपण गरेको हो। सन् २०२४ मा नेपालको उपभोक्ता मूल्यमा मुद्रास्फीति ६.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो।

नेपाल सरकारले पाँचदेखि ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। आइएमएफले सन् २०२४मा विश्वभरिको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ। सोही समयमा अमेरिकाको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने र सन् २०२५मा भने १.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

छिमेकी मुलुक भारतमा सन् २०२४ मा आर्थिक वृद्धिदर ६.५ प्रतिशत र सन् २०२५ मा पनि ६.५ प्रतिशत नै कायम रहने प्रक्षेपण गरिएको छ। अर्काे छिमेकी मुलुक चीनको पनि सन् २०२४ मा ४.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ। सन् २०२५ मा भने चीनको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण छ।

प्रकाशित: १८ माघ २०८० ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App