१६ चैत्र २०८० शुक्रबार
अर्थ

ब्याजदर बढाएपछि एनआईसी बैंकसँग कट्टी !

काठमाडौ– नेपाल बैंकर्स एशोसिएसनले ब्याजदरसम्बन्धी भद्र सहमति अवज्ञा गरेको भन्दै एनआईसी एशिया बैंकसँग एशोसिएसनमा आबद्ध २७ बैंकहरुले कुनै किसिमको अन्तर बैंकिङ कारोवार नगर्ने निर्णय गरेको छ । 

यसअघि एशोसिएसनले बचतको ब्याजदर ८ प्रतिशत र मुद्दतीको ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने सहमति गरेका थिए ।
तर एनआईसी एशिया बैंकले एशोसिएसनको ‘कार्टेल’ अवज्ञा गर्दै बचतको ब्याजदर १० प्रतिशत र मुद्धतीको ब्याजदर १२ प्रतिशत पुर्याएको छ । 

एनअाईसी एशिया बैंकका डेपुटी  सिइओ राेशन कुमार न्यौपानेले आफ्नो बैंकले एशोसिएसनले गरेको कार्टेलमा सहभागी हुन नसक्ने बताए ।

ब्याजदर बढाएपछि आज बसेको एशोसिएसनको कार्य समिति बैठकले एनआईसी एशियासँगको सबै बैंकिङ कारोवार नगर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै अब एशोसिएसनमा आवद्ध २७ वटा बाणिज्य बैंकले एनआईसी एशियासँग कुनै अन्तरबैंकिङ कारोवार गर्नेछैनन् ।

एनआईसी एशियाका अधिकारीले यो निर्णय दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । एनअाईसी एशिया बैंकका डेपुटी  सिइओ राेशन कुमार न्यौपानेले आफ्नो बैंकले एशोसिएसनले गरेको कार्टेलमा सहभागी हुन नसक्ने बताए । उनले भने, 'यस्तो कार्टेल गलत हो । यसले ग्राहक र देशको अर्थतन्त्रलाई राम्रो गर्दैन।'  

 

प्रकाशित: २५ फाल्गुन २०७४ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App