२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

फोन पोइन्ट्स र फोन पे पेमेन्ट सर्भिसेजबीच सम्झौता

फोन पोइन्ट्स प्रालि र फोन पे पेमेन्ट सर्भिसेजबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ।

फोन पोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सो सम्झौता माघ १० देखि लागु हुनेछ।

सम्झौता अनुसार फोन पे फोन पोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ। फोन पोइन्ट्सले पारस्परिक रूपमा फोन पे प्रयोगकर्तालाई प्रशासन, व्यवस्थापन, र लोयल्टी पोइन्टहरू र पुरस्कारहरू समाहित गर्दै व्यापक सेवाहरू प्रदान गर्नेछ।

प्रकाशित: १४ माघ २०८० ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App