१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी हुँदै

कृषिसम्बन्धी बृहत् अन्तराष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ हुने भएको छ। कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फर्निचर ट्रेड फेयर एन्ड इभेन्टस तथा इटिएसआइपिएलले संयुक्त रूपमा मेला आयोजना गर्ने भएका छन्।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीका सयभन्दा बढी स्टलहरू रहने छन्। यस्तै प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषि इत्यादिका बारेमा जानकारी प्राप्त गर्न सकिने छ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनी यही माघ १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको आयोजकले जनाएको छ।

प्रकाशित: ४ माघ २०८० ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App