२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंक १८औं वर्षमा प्रवेश

मुक्तिनाथ विकास बैंक १८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत डा. महाबीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण र प्लास्टिक रिसाइकलको लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

यसैगरी बैंकका क्षेत्रीय तथा केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन गरेको छ। साथै बैंकमा १० वर्षदेखि कार्यरत १३५ कर्मचारीहरूलाई पनि सम्मान गरेको छ।

यस अवसरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, दृष्टिविहीन नागरिकलाई सेतो छडी, अनाथालय, बाल तथा वृद्ध आश्रममा विभिन्न सामग्री, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेको छ।

प्रकाशित: २० पुस २०८० ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App