२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सकियो दराजको ‘बिक्रेता सम्मेलन’

ई-कमर्स ब्रान्ड दराजले बुधबार ‘बिक्रेता सम्मेलन’ सम्पन्न गरेको छ। ललितपुरमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा बिक्रेता सहभागी भएका थिए।

कार्यक्रममा दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध बिक्रेतालाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाइन्।

‘बिक्रेताहरू दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गरेकामा बिक्रेताहरूमा आभार प्रकट गर्न चाहन्छु,’ उनले भनिन्, ‘दराज अहिले जहाँ छ, यो स्थानमा पुग्न बिक्रेताको ठुलो हात रहेको छ।’

हालै सम्पन्न ११.११ सेलको सफलताको चर्चा गर्दै उनले थपिन्, ‘चाडपर्वको समयमा पर्ने हाम्रो ११.११ सेलमा बिक्रेताले दिनुभएको साथका कारण हामी हरेक वर्ष अपेक्षा गरेभन्दा धेरै राम्रो गर्न सफल हुन्छौं र यो भविष्यमा पनि कायम रहनेछ। यसका साथै हामी बिक्रेता तथा खरिदकर्ता सबैलाई उत्कृष्ट अनुभव प्रदान गर्दै लजिस्टिक सेवा विस्तार गरेर विश्वस्तरीय सेवा प्रवाह गर्नेछौं।’

कार्यक्रममा विभिन्न श्रव्यदृश्य सामग्री प्रस्तुत गरेर बिक्रेतालाई बिक्री र व्यवस्थापनबारे जानकारी पनि प्रदान गरिएको थियो।

विक्रेतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अवार्ड समारोह राखिएको थियो। जहाँ गत वर्षका १४ उत्कृष्ट बिक्रेतालाई विशेष विधाका ट्रफी, १० हजार रूपैयाँबराबरको दराज भौचरका साथै आकर्षक उपहार प्रदान गरिएको थियो।

दराजका परिचालन अधिकृत विमल अर्यालले कार्यक्रममा ई–कमर्सको महत्वबारे चर्चा गरे। उनले उपस्थित सहभागीलाई दराजले डेलिभरी गर्ने स्थानहरू, पूर्वाधार, डेलिभरी क्षमता र गुणस्तरबारे विस्तृत जानकारी प्रदान गरेका थिए। सम्मेलनमा बोल्दै दराजका व्यवसाय निर्देशक प्रवीन रुक्शानले दराजले नेपालका साना तथा मझौला उद्योगको विकासमा गरेको योगदानबारे चर्चा गरे।

दराज ‘बिक्रेता सम्मेलन’मा  विजेतालाई सम्मान गरिएको थियो। उत्कृष्ट बिक्रेतामा एफएमसिजी: सिटाफिल, फेसन: टाइटन अफिसिएल, इलेक्ट्रोनिक्स: सावोमी (भिट्सल इम्प्लेक्स), लाइफस्टाइल: प्रोटिन नेपाल, पिपुल्स च्वाइस: सुजना ज्वेलर्स, पफर्मेन्स एक्सिलेन्स: कम्पयुटेक, मनैदेखि नेपाली: जुभारा, लाइफटाइम अचिभमेन्ट: आइइसी, सेलर अफ द इयर: अल्टिमा लाइफस्टाइल, टप न्यु एसएमई सेलर: विराट हेल्थकेयर इन्डस्ट्रिज, फ्री डेलिभरी लेजेन्ड: पेबल्स नेपाल, ई-एलपी एक्सिलेन्स: आफ्नो पसल, फ्ल्यास सेल च्याम्पियन: ई-मेला, मोस्ट एक्टिभ सेलर: युनिलिभर रहेका छन्।

प्रकाशित: ७ पुस २०८० ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App