७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

लिट्मस केबल्सले इलेक्ट्रिसियनहरूलाई लक्षित गरी ‘लिट्मस केबल्सः इको वायरिङ, स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ योजना ल्याएको छ।

कम्पनीले सात महिने राष्ट्रव्यापी योजना ल्याएको हो। जसको मुख्य उद्देश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्नु रहेको जनाएको छ।

यस योजनाअन्तर्गत इलेक्ट्रिसियनहरूले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेसिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। साथै, १५०० कोइल्सको खरिदमा, वासिङ मसिन जित्ने मौका पाउने र २५०० कोइल्सको खरिदमा दुबई यात्राको अवसर पाउन सक्ने कम्पनीले जनाएको छ।

सो योजनामा सहभागी हुनको लागि, इलेक्ट्रिसियनहरूले इको वायर-जेटएच खरिद गरी कुपनहरू नजिकैको लिट्मस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको संख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ। कम्पनीका अनुसार सो योजना पुस १ गतेदेखि असार ३१ गतेसम्म जारी हुनेछ।

प्रकाशित: ६ पुस २०८० ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App